शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

परराष्ट्रमन्त्री राणा बैंकक प्रस्थान

परराष्ट्रमन्त्री राणा बैंकक प्रस्थान

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • परराष्ट्रमन्त्री राणा बैंकक प्रस्थान

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छिन् ।

    यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्र संघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक (युएनस्केप) को ८१ औं सत्रमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

    नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा. राणाले उक्त आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा. राणाले नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् । यस सत्रको विषय वस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ ।

    सो सत्रमा मन्त्री डा. राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।  उनीहरू यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार