शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पक्राउपछि राप्रपा अध्यक्ष लिङदेनले भने–हामी सबै थुनिन तयार छौं (भिडियोसहित)

पक्राउपछि राप्रपा अध्यक्ष लिङदेनले भने–हामी सबै थुनिन तयार छौं (भिडियोसहित)

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • पक्राउपछि राप्रपा अध्यक्ष लिङदेनले भने–हामी सबै थुनिन तयार छौं (भिडियोसहित)

    प्रहरीले पक्राउ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताएका छन्। दलको कार्यालयबाट निस्किँदै सरकारविरुद्ध विरोध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले गिरफतार गरी गाडीमा हालेको थियो । उनले भने, ‘निरंकुश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’

    प्रहरीले लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए। अध्यक्ष लिङ्देनले सरकारले अधिकार खुम्च्याउँदै गएकाले निषेधित क्षेत्रमा प्रदर्शन गर्नुपरेको बताएका छन्।

    ‘सरकारले बोल्न पाउने, लेख्न पाउने, प्रदर्शन गर्न पाउने, स्वभाविक अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन् झन् टाढा हुँदै जाने अवस्था सिर्जना गरेको छ,’ उनले भने, ‘त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरौं भनेर हामीले प्रतिकात्मक रूपमा कार्यक्रमको आयोजना गरेका छौं ।’ 

    उनले आफूहरूको आवाज सरकारले सुन्नुपर्ने बताएका थिए। उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्‍द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणाको रिहाइको माग समेत गरे । उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया जनाएपछि सिंहदरबार गेट नजिकै नाराबाजी समेत गरेका थिए । त्यसपछि प्रहरीले लिङ्देन र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट