शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गणतन्त्र खतरामा पर्‍यो भन्ने भाष्य गलतः प्रचण्ड

गणतन्त्र खतरामा पर्‍यो भन्ने भाष्य गलतः प्रचण्ड

‘अहिलेको गठबन्धनमा जाने र समर्थन गर्ने कुरै हुँदैन’

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • गणतन्त्र खतरामा पर्‍यो भन्ने भाष्य गलतः प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र खतरामा नभएको बताएका छन् । आज आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले दलहरु एक हुनुपर्ने तर गणतन्त्र खतरामा पर्‍यो भन्ने भाष्य ठीक नभएको बताएका छन् । ‘गणतन्त्र खतरामा छैन,’ प्रचण्डले भने, ‘गणतन्त्रमा हामी यसै पनि एक छौं, त्यसै पनि छौं ।’

    पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक पुनरागमनका सन्दर्भमा सोधिएको एक प्रश्नमा अध्यक्ष प्रचण्डले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले उनलाई राजनितिमा फर्किन नरोक्ने जिकिर गरे । प्रचण्डले थपे, ‘उहाँहरूलाई राजनीतिमा आउने इच्छा भयो भने रोक्ने केही पनि छैन ।’ अध्यक्ष प्रचण्डले माओवादी गठबन्धनमा जाने कुरा विल्कुल गलत भएको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनमा जाने र समर्थन गर्ने कुरै नहुने बताए । शनिबार तीन शीर्ष दलबीच बालुवाटरमा भएको छलफललाई केन्द्रित गरी राखिएको प्रश्नमा अध्यक्ष दाहालले अहिलेको गठबन्धनलाई माओवादीलाई समर्थन नरहेको प्रस्टाए । सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘होइन अहिलेको गठबन्धनलाई समर्थन होइन । त्यो विल्कुल होइन । त्यो भ्रम नपरोस् । हिजो भेटेपछि लौ समर्थन भयो रे । फेरि गठबन्धनमा जाने भयो कि क्या हो जस्तो चर्चा भएको छ । त्यो बिलकुल गलत हो । त्यो गठबन्धनमा जाने र समर्थन गर्ने कुरा हुन सक्दैन ।’

    अध्यक्ष प्रचण्ड आज विराटनगरमा हुने मुख्य दुई वटा कार्यक्रममा सहभागी हुनेछन् । जनसञ्चार सहकारी संस्था लिमिटेडद्धारा प्रकाशित हाम्रो मत राष्ट्रिय दैनिकको २२ औं वार्षिकोत्वस र माओवादी केन्द्र विराटनगर महानगर कमिटिको दोस्रो अधिवेशनमा उनले सहभागिता जनाउने छन् । यसबीच उनले उद्योगी र कार्यकर्तासँग पनि भेट गर्ने बताइएको छ । अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार