शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिंहदरबारबाटै राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीसहितका नेताहरु पक्राउ

सिंहदरबारबाटै राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीसहितका नेताहरु पक्राउ

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • सिंहदरबारबाटै राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीसहितका नेताहरु पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् ।

    सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ ।

    rajendra lingden2025-04-20-14-20-42.jpg

    पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् ।

    लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए । सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट