Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दलको कार्यालयबाट निस्किन रोक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै प्रहरीले निगरानी राखेको छ।

आज आइतबार राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरमा निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन् । यसैबीच राप्रपाका सांसदहरू संसदीय दलको कार्यालयमा छन् ।

राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले भने आफूहरूलाई संसदीय दल बाहिर निस्किन नदिन प्रहरी आएर बसेको बताएका छन् । उनले आफूहरूलाई सिंहदरबारको संसदीय दलको कार्यालयमा डीएसपीको कमाण्डमा बन्धक बनाइएको जानकारी दिए ।

शाहीसहित दिपकबहादुर सिंह र बिना जयसवाल कार्यालयमा छन् । प्रहरीको दुई वटा भ्यान संसदीय दलको कार्यालय बाहिर राखिएको छ ।