शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हेर्नुहोस् आज साताको पहिलो दिन कति छ सुनचाँदीको भाउ?

हेर्नुहोस् आज साताको पहिलो दिन कति छ सुनचाँदीको भाउ?

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • हेर्नुहोस् आज साताको पहिलो दिन कति छ सुनचाँदीको भाउ?

    नेपाली बजारमा शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य स्थिर छ । 

    आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । 

    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो ।

    गएको बिहीबार सुनको मूल्य तोलामा तीनहजार ६ सय रुपैयाँ बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

     बुधबार पनि सुन तोलाको २७ सय रुपैयाँ बढेको थियो । यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो ।

     त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार