शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राष्ट्रपति सी का ८ नियमको चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने चर्चा

राष्ट्रपति सी का ८ नियमको चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने चर्चा

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • राष्ट्रपति सी का ८ नियमको चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने चर्चा

    चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी जिनपिङका ८ नियममाथि नेपालमा पनि चर्चा भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक विभागले सन २०१२ मा स्वीकृत गरेका ८ वट नियम र त्यसैको आधारमा खडा भएको आधुनिक चीनबारे नेपालमा पनि चर्चा भएको हो ।

    फ्रेण्ड्सन अन क्लाउड नामक संस्थाले काठमाडौमा गरेको कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफनो अनुभवबारे धारणा राखेका थिए ।

    राष्ट्रपति सीका ८ नियममा अनुसन्धान पद्धतीको सुधार र तथ्य, मितव्ययती, आर्थिक अनुशासन, द्विपक्षीय, त्रिपक्षीय भ्रमण, समाचार रिपोर्ट, अनावश्यक बहस र प्रचार, इमान्दारिता,अनुशासन लगायतका विषय समेटिएकाछन ।

    कार्यक्रममा पूर्व सचिव सिटौला र सस्थाका अध्यक्ष उप्रेतीले चीनको विकास र कार्यशैलीबाट नेपालले पनि धेरै कुरा सिकेर विकास गर्नसक्ने धारणा राखेका थिए । नायक मल्ल र पत्रकार श्रेष्ठले चीनले ग्रामीण क्षेत्रमा गरेको विकास, समाजवादको उपयुक्त प्रयोग, चिनियाँ प्रविधि लगायत आफूले अनुभव गरेको विषयबारे जानकारी गराएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार