शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा

कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा

    दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छन् । ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन’, उनले भने, ‘तर, मैले इच्छा राखेपछि घरबाट जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु ।’

    तुलसीपुर उपमहानगरपालिका–१२ स्थित एक निजी कलेजमा कानुन विषयमा स्नातक (बिएएलएलबी) पढाइ सुरु भएपछि अहिले उनी त्यही पढिरहेकी छन् । उनको एउटै इच्छा छ अधिवक्ता (लयर) बन्ने । ‘सकेसम्म न्यायाधीश बन्ने इच्छा हो, त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो’, उनले भनिन् ।

    तुलसीपुर–११ निवासी सरु चौधरीको पनि अवस्था उस्तै नै हो । उनलाई घरबाट पढाइ खर्च पुर्‍याउन हम्मेहम्मे पर्छ । तर, उनको इच्छा कानुन विषय पढ्नै रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उनले कानुन विषय पढिरहेकी छन् । उनीहरू दुवै जनाले अहिले आठौँ सेमेस्टरको अध्ययन गरिहेका छन् । दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । तर, दाङमै कानुन विषय पढेका महिला विरलै छन् । यसले पनि उनीहरूलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो । ‘कानुन पढेका थारू समुदायका महिला त थुप्रै हुनुहुन्छ, तर, महिलाहरु विरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौँ’, भने । कानुन विषय पढ्न रु चार लाखको हाराहारी खर्च लाग्छ ।

    उनीहरूलाई हौसला दिने काम गरेकी छन्, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले । उनले आर्थिक तथा अन्य सहयोग गर्दै आएकी छन् । जिल्लामा कानुन विषय पढेका महिलाको संख्या विरलै छ । त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर मैले सुरुदेखि नै सहयोग गर्दै आएकी छु’, उनले भनिन्, ‘मेरै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेको छु ।’ कानुन पढ्नेलाई मात्र होइन, अन्य विद्यार्थीलाई पनि सहयोग गरेको उनले बताइन् ।

    तुलसीपुर–१० निवासी निरा चौधरी, आशा चौधरी, प्रमिला चौधरी, सन्ध्या पौडेललाई पनि पढ्नका लागि आर्थिक सहयोग गर्दै आएकी छन् । विगत लामो समयदेखि उनले आर्थिकसहित शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएकी छन् । उनले यस्ता आर्थिक अभाव भएका विद्यार्थीलाई सहायता दिँदै आएको बताइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट