शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन

अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन

    अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेका निर्णयहरूको विरोधमा हजारौं नागरिक सडकमा उत्रिएका छन् । शनिबार प्रदर्शनकारीहरूले किल्मर अब्रेगो गार्सियालाई एल साल्भाडोरमा गलत निर्वासन गरिएको र अन्य विभिन्न मुद्दाको विरोध गरेको बीबीसीले जनाएको छ ।

    यो आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ । यसको अर्थ हो–‘५० प्रदर्शन’, ‘५० राज्य’, ‘१ आन्दोलन’ । अमेरिकामा जम्मा ५० राज्य छन् । यद्यपि, ट्रम्प प्रशासन किल्मर अब्रेगो गार्सियाको अमेरिका फिर्ताको पक्षमा छैन । साथै प्रदर्शनकारीहरूले सरकारी जागिर कटौती गर्ने र अन्य खर्च घटाउने सरकारी दक्षता विभागको निर्णयको पनि विरोध गरेका छन् ।

    प्रदर्शनकारीहरूले ह्वाइट हाउससँगै टेस्लाका शोरूमहरू पनि घेराबन्दी गरेका छन् । ट्रम्पको विरोधमा गरिएको यो दोस्रो चरणको प्रदर्शन हो। यसअघि अप्रिल ५ मा पनि देशभर व्यापक प्रदर्शन भएका थिए ।

    ह्वाइट हाउसबाहिर ट्रम्पविरुद्ध पोस्टर लिएर विरोध गरिरहेकी एक महिलाको हातको पोस्टरमा लेखिएको थियो, ‘ट्रम्पलाई अल सल्भाडोरको जेलमा डिपोर्ट गर ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट