Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बसको ढोकाबाट खसेर शिक्षकको मृत्यु

विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । 

शनिबार साँझ दार्चुलाको गोकुलेश्वरस्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तर्गत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।

गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४–००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका–४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताए ।

विद्यार्थी भर्नाको प्रचारप्रसारबाट फर्कदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते भएका थिए । उनलाई नजिकैको गोकुलेश्वर अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक ऐरीले बताए । बस र चालक अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।