शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पूर्वराजाले भनेः नवराज सुवेदीसँग नभेटेको वर्षौ भइसक्यो, दुर्गा प्रसाईंसँग भेट भएकै छैन

पूर्वराजाले भनेः नवराज सुवेदीसँग नभेटेको वर्षौ भइसक्यो, दुर्गा प्रसाईंसँग भेट भएकै छैन

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • पूर्वराजाले भनेः नवराज सुवेदीसँग नभेटेको वर्षौ भइसक्यो, दुर्गा प्रसाईंसँग भेट भएकै छैन

    पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पक्षधरहरूले ‘राजसंस्था पुन: स्थापनाका लागि गठन गरेको संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीसँग भेट नभएको वर्षौ भएको बताएको दाबी सहितका समाचारहरु सार्वजनिक भएका छन् । गत ४ चैत मा सुवेदी संयोजकत्वमा ‘राजसंस्था पुनः स्थापना समिति संयुक्त जनआन्दोलन समिति’ गठन गरिएको थियो ।

    सुवेदी नेतृत्वको समितिको सदस्य सचिव राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलन परिचालन समितिको संयोजक महामन्त्री धवल शमशेर राणा छन् । सदस्यहरूमा पशुपति शमशेर जबरा, डा. प्रकाश चन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशर बहादुर बिष्ट र रमा सिंह रहेको विज्ञप्ति मार्फत जानकारी दिइएको थियो ।

    चैत १५ गते काठमाडौं तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनका क्रममा भएको हिंसापछि सुवेदी प्रहरीको नजरबन्दमा छन् । तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात जना नेतालाई बोलाएर शुक्रबार गरेको ‘लञ्च मिटिङ’मा पूर्वराजा शाहले सुवेदीसँग भेट नभएको वर्षौ भएको दाबी गरेको बताइएको छ ।

    ‘लञ्च मिटिङ’मा सहभागी नेतालाई उधृत गरेर तयार पारिएका समाचारहरुका अनुसार पूर्वराजा र राप्रपा नेताहरूबीच करिब दुई घन्टा कुराकानी भएको थियो । पूर्वराजाले चैत १५ मा तिनकुनेमा हिंसात्मक प्रदर्शनको बारेमा जिज्ञाशा राखेका थिए । जिज्ञाशामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवराज सुवेदीको नेतृत्व ‘संयुक्त जनआन्दोलन समिति’ ले गरेको कार्यक्रम भएको बताएका थिए ।

    अध्यक्ष लिङ्देनको उत्तरपछि पूर्वराजाले पूर्वराजा शाहले सोधेका थिए, ‘अनि यो समिति कसले बनाएको, तिमीहरूले बनाएको हो ?’

    पूर्व राजा शाहको प्रश्नमा ज्ञानेन्द्र शाहीले भनेका थिए, ‘यतै (निर्मल निवास) समिति बनेको भन्ने आएको थियो ।’ शाहीको भनाईपछि पूर्वराजा शाहले भनेका थिए, ‘त्यो मान्छे (नवराज सुवेदी) सँग नभेटेको वर्षौ भइसक्यो ।’

    पूर्व राजा शाहले आन्दोलनका जनकमाण्डर घोषणा गरिएका दुर्गा प्रसाईंसँग पनि आन्दोलन अघि भेट नभएको दाबी गरेका थिए । सांसद समेत रहेका शाहीले प्रसाईं निर्मल निवास आएको भिडियो नै आएको बताएछि पूर्वराजा शाहले भनेका थिए, ‘हाम्रो कर्मचारीसँग भेट्न आएका रहेछन् ।’

    लञ्च मिटिङमा अध्यक्ष लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास गएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट