शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजेन्द्र लिङदेनले भने- प्रदर्शन शान्तिपूर्ण हुन्छ, सरकार नडराए हुन्छ

राजेन्द्र लिङदेनले भने- प्रदर्शन शान्तिपूर्ण हुन्छ, सरकार नडराए हुन्छ

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • राजेन्द्र लिङदेनले भने- प्रदर्शन शान्तिपूर्ण हुन्छ, सरकार नडराए हुन्छ

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बोल्न, हिँड्न सीमा तोक्ने सरकारी निरंकुशतन्त्रविरुद्ध प्रतिकात्मक शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताएका छन्। 

    यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् । राप्रपाले राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो ।

    गृह मन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो । आज प्रदर्शनको दिन राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, यो–यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’

    वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको भन्दै लिङ्दनेले थप लेखेका छन्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’ राप्रपाले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंका प्रहरी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले आवश्यक सुरक्षा रणनीति अपनाइएको जनाएका छन् । 

    यसअघि चैत १५ गते राप्रपाका नेताहरुको समेत सहभागितामा काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि राप्रपाले चैत २६ गते बल्खुमा गरेको प्रदर्शन भने शान्तिपूर्ण र मर्यादित देखिन्थ्यो । आज गर्ने प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने भनिएपछि सुरक्षा व्यस्था चुस्त बनाइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार