Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जगमान गुरुङको दाबीः ०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ

राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आउँदो जेठ १५ गते नेपालमा गणतन्त्र अन्त्य हुने दाबी गरेका छन्।

आज शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन रु गणतन्त्र दिवस मनाउँछन् नि । यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ।’

उनले छिमेकी राष्ट्र भारतमा पनि नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कियो भनेर चर्चा भइरहेको उल्लेख पनि गरेका छन्। ‘९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आयो भनिरहेका छन् । पूर्व सेनाध्यक्षको अन्तर्वार्ता छ्यापछ्याप्ती आएको छ,’ गुरुङले भने, ‘असम्भव छैन ।’

भारतमा अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको मुद्रा पूजाकोठामा राखेर यन्त्रको रुपमा पूजापाठ हुने गरेको उनले बताएका छन्।