Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जेठ १५ गते नेपालको गणतन्त्र अन्त्य हुने जगमान गुरुङको दाबी

राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते नेपालको गणतन्त्र अन्त्य हुने दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित ‘पृथ्वी पथको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘हाम्रो मान्यता अनुसार, कुनै व्यक्तिको मृत्युलाई उहाँको जन्म मितिले परिभाषित गर्छ। ठीक त्यस्तै, गणतन्त्रको घोषणा जेठ १५ गते भएको हो, त्यसैले यसको अन्त्य पनि जेठ १५ गते हुनेछ ।’

गुरुङले यसैक्रममा छिमेकी राष्ट्र भारतमा नेपालमा हिन्दु राज्य र राजतन्त्रको पुनर्स्थापना हुने विषयमा छलफल भइरहेको उल्लेख गर्दै, यसलाई थप गम्भीर विषयको रूपमा व्याख्या गरे ।

यो भनाइले आगामी दिनहरूमा नेपालको राजनीतिक परिप्रेक्ष्य र गणतन्त्रको भविष्यबारे नयाँ बहस सुरु हुने सङ्केत दिएको छ ।