शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा कुनै समस्या छैनः गृहमन्त्री लेखक

कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा कुनै समस्या छैनः गृहमन्त्री लेखक

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा कुनै समस्या छैनः गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीमा कुनै पनि समस्या नभएको बताएका छन्। सत्ता साझेदार दलबीच समस्या नभएकाले सरकार पनि नढल्ने उनले बताए। नेपाली कांग्रेसका पदाधिकारीले नै सरकारको काम कारबाहीका विषयमा प्रश्न उठाइरहेका बेला कांग्रेस नेता समेत रहेका मन्त्री लेखकले भने सरकार नढल्ने दावी गरेका हुन्।

    आज पोखरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘दुई पार्टीका बीचमा कुनै समस्या छैन ।’ कतिपयले सरकार ढल्छ भनिदिँदा ढल्दैन भनेर प्रष्टीकरण दिनु परिरहेको उनले बताएका छन्। ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनु हुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ,’ मन्त्री लेखकले भने, ‘कुनै समस्या छैन।’

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वको वर्तमान सरकार धेरै ‘लामो समयसम्म नजाने’ भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। यहीबेला कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको काम कारबाहीमा प्रश्न उठाउँदै आएकाले कतिपयको शंकामा बल पुर्‍याएको छ।

    हालै महामन्त्री शर्माले सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको आलोचना गर्दै सरकारको प्रवृत्ति समर्थन योग्य छैन भनेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसको भोलिपल्ट फेरि उनले कांग्रेसका कारण प्रधानमन्त्रीलाई काम गर्न गाह्रो भएको भए हामी बाहिर बस्छौं भनेका थिए । तर शनिबार गृहमन्त्री लेखकले गभर्नर नियुक्तिमा ढिलाइ भएको विषयमा प्रष्टीकरण दिँदै सरकारले सही ठाउँमा सही मान्छे ल्याउन खोजेको दावी गरेका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार