शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

महामन्त्री राणा छुट्ने भएपछि प्रहरी परिसरमा राप्रपा कार्यकर्ताको भीड

महामन्त्री राणा छुट्ने भएपछि प्रहरी परिसरमा राप्रपा कार्यकर्ताको भीड

बैशाख ५, २०८२ शुक्रवार
बैशाख ५, २०८२ शुक्रवार
  • महामन्त्री राणा छुट्ने भएपछि प्रहरी परिसरमा राप्रपा कार्यकर्ताको भीड

    चैत १५ गते तीनकुनेमा भएको घटनालाई लिएर प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ ।

    लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका उनको उपचारका लागि छाड्ने तयारी भएको हो । पक्राउ परेको करिब २० दिनपछि रिहा हुने भएपछि उनलाई स्वागत गर्न राप्रपाका नेता–कार्यकर्ता जिल्ला प्रहरी परिसर पुगेका छन् । उनीहरु जबरालाई स्वागत गर्न खादा र फूलमालासहित भद्रकाली पुगेका हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो । उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । क्यान्सरका बिरामी राणाको नियमित ‘फलोअप’ गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको बताइएको छ ।

    गत चैत्र १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राणा पक्राउ परेका थिए । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने हिरासतमै छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार