शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षक महासंघ प्रतिनिधिले प्रधानमन्त्रीलाई भेट्दै

शिक्षक महासंघ प्रतिनिधिले प्रधानमन्त्रीलाई भेट्दै

बैशाख ५, २०८२ शुक्रवार
बैशाख ५, २०८२ शुक्रवार
  • शिक्षक महासंघ प्रतिनिधिले प्रधानमन्त्रीलाई भेट्दै

    शिक्षक महासंघका प्रतिनिधिले आज शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । 

    आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलाई आज साँझ भेट्न लागेको हो । प्रधानमन्त्रीले ७ बजेको समय दिएको छ र शिक्षकका माग र मुद्दाबारे प्रधानमन्त्रीलाई जानकारी गराइने महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ छलफलमा जुटेको छ ।

    शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद जारी रहे पनि सहमति जुटेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिर्वतन गर्न सक्ने संकेत महासंघले दिएको छ । 

    शिक्षकहरुको माग अनुसार नै विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरेको छ । तर शिक्षकहरू आस्वस्त भएका छैनन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट