Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सरकारको हात नबाधौं, निजामती विधेयक पारित गरौंः रघुजी पन्त

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक र सरकारी निकायमा नियुक्तिका लागि निजामती कर्मचारीका लागि कुलीन पिरियड आवश्यक रहेको बताएका छन् । यसो गर्दा सरकारको हात बाँध्न पनि नहुने उनले बताएका हुन् ।

नेकपा माओवादी केन्द्र लगायत कतिपयले कुलीन पिरियड दुई वर्ष राख्नुपर्ने मत राखिरहेका बेला एमाले सांसद पन्तले एक वर्ष मात्रै कुलिन पिरियड राख्दा उपयुक्त हुने बताए । ‘कुलिन पिरियड आवश्यक छ । तर, सरकारको हात पनि नबाधौं र अगाडि बढौं’, उनले भने ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा समितिमा निजामती विधेयकमाथि छलफल जारी छ ।