शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

युएईका परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउँदै

युएईका परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउँदै

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • युएईका परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउँदै

    संयुक्त अरब इमिरेट्स (युएई) का परराष्ट्रमन्त्री आउँदो साता नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयानले नेपालको दुई दिने भ्रमण गर्न लागेका हुन् ।

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानले ९–१० वैशाख (२२–२३ अप्रिल) मा नेपालको दुई दिने भ्रमण गर्न लागेको स्रोतले जनाएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानको नेपाल भ्रमणका क्रममा उनका नेपाली समकक्षी डा. आरजु राणा देउवासँग भने भेटवार्ता भने हुने छैन ।

    अल नाहयान नेपाल भ्रमणमा हुँदा परराष्ट्रमन्त्री डा. राणा थाइल्याण्ड भ्रमणमा हुने छिन् । युएईको राजपरिवारका शक्तिशाली सदस्य शेख अब्दुल्लाह सन् २००६ देखि त्यहाँ परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छन् ।

    उनले नौं वर्षअघि तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको निमन्त्रणामा २०७३ वैशाखमा नेपाल भ्रमण गरेका थिए ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार