Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र मन्त्रीको बैठक

सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका तर्फबाट सरकारमा पसहभागी मन्त्रीहरुको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसिरहेको छ ।

दुई घण्टादेखि बैठक चलिरहेको एक सहभागी नेताले जानकारी दिएका छन् । बैठकमा पार्टीका नेताहरुले सरकारको कामलाई लिएर पछिल्लो समय जनाएको असन्तुष्टिलगायतका विषयमा छलफल भइरहेको हो ।

पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको गतिलाई लिएर लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यसमा उपसभापति पूर्णबहादुर खड्का पनि थपिएका छन् ।

एमालेसँग सत्ता सहकार्य थालेको ९ महिना पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । त्यसले सत्ता गठबन्धनमा आशंका बढेको छ । देउवाले मन्त्रीहरुलाई सँगै राखेर असन्तुष्ट नेताहरुसँग छलफल गरेर साझा धारणा बनाउने कोशिस गरेका हुन् ।