नेपाली बजारमा आज बिहीबारको सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बुधबार १९ सय ५५रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १९ सय ६० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्