Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

एकैदिन ३ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज बिहीबारको सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ । 

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बुधबार १९ सय ५५रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १९ सय ६० रुपैयाँ कायम भएको हो ।