शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मकवानपुरमा बस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

मकवानपुरमा बस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • मकवानपुरमा बस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

    इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।  बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    यसैबीच, कुलेखानी–भीमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भएको गाडीमा आगलागी भएको छ ।

    काठमाडौबाट हेटौँडातर्फ जाँदै गरेको भारतीय नम्बरप्लेटको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको हो । गाडी पूर्णरुपमा जलेको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार