शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षकहरुलाई सरकारका प्रवक्ताको प्रश्न - सरकारलाई अप्ठ्यारो पारेर राजतन्त्र ल्याउन खोजेको हो ?

शिक्षकहरुलाई सरकारका प्रवक्ताको प्रश्न - सरकारलाई अप्ठ्यारो पारेर राजतन्त्र ल्याउन खोजेको हो ?

बैशाख ३, २०८२ बुधवार
बैशाख ३, २०८२ बुधवार
  • शिक्षकहरुलाई सरकारका प्रवक्ताको प्रश्न - सरकारलाई अप्ठ्यारो पारेर राजतन्त्र ल्याउन खोजेको हो ?

    सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकहरुको मागप्रति आफूहरु संवेदनशील रहेको बताएका छन् ।

    आज (बुधबार) मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक पश्चात सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै उनले विगतका सरकारहरुले गरेको सहमतिको आधारमा आफूहरु शिक्षा ऐन जारी गर्न गम्भीर भएर लागिरहेको बताएका हुन् । उनले शिक्षा नीति नै परिवर्तन गरेर समाधान खोजिनुपर्ने अवस्था हरेको बताए ।

    मन्त्री गुरुङले शिक्षकहरुले आफू समस्यामात्रै हेरिरहेको र सरकारले भने सबैतिर हेर्नुपर्ने भएकाले माग समाधानका लागि केही समय लाग्ने अवस्था हरको बताए । ‘शिक्षकहरुको मागप्रति हामी सबै संवेदनशील छौं । पहिला सरकारले के–के सम्झौता गर्यो त्यो पनि आफ्नो ठाउँमा छदै छ । सरकार निरन्तर चलिरहने संस्था हो नि । सरकारको नेतृत्वमा को बस्छ भन्ने कुरा स्थायी कुरा होइन । शिक्षकहरुको समस्या समाधान नगर्ने भन्ने कुरा होइन । उहाँहरुले आफूलाई मात्रै हेर्नुभएको छ । सरकारले त सबैलाई हेनुपर्यो नि । समय क्रममा तलबभत्ताहरु पनि बढ्छ, उहाँहरुले उठाएको माग पनि पूरा हुन्छ । विद्यालय शिक्षा ऐन पास गर्नुपर्ने कुरामा हामी मिलाउँछौं । ऐन नआइ धेरै कुरा मिलाउन सकिँदैन,’– उनले भने ।

    अहिले विद्यार्थी भर्नाको समय भएकाले शिक्षकहरु कार्यक्षेत्रमा फर्किनुपर्ने उनले बताए । सडक तताएर, हड्ताल गरेर समस्याको समाधान नहुने उनले बताए । ‘सरकारलाई अप्ठ्यारो पारेर राजा ल्याउन खोजेको हो त ?’ भन्दै उनले शिक्षकहरुलाई प्रश्न गरे । ‘सडक तताएर, हड्ताल गरेर मुलुकको जे खालको परिस्थिति छ, यो परिस्थितिमा सरकारले जे कुरा अनुरोध गरेको छ, सरकारको कुरा पनि उहाँहरुले सुन्नुपर्छ । यो अहिले आन्दोलनको बेला होइन । हुँदाहुँदा अब निजामतिहरुको पनि आन्दोलन, शिक्षकले आन्दोलन गरिसक्यो, हामी आन्दोलन गर्छौं भनेको छ । अर्कोले भन्ला भोलि । निजामति नै आन्दोलनमा गयो भने के होला ? शासन, प्रशासन चल्छ ? हामीले राजतन्त्र ल्याउन खोजेको हो त ? सरकारलाई अप्ठ्यारो पारेर ?’ प्रश्न गर्दै उनले भने । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार