Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झामाथि अनुसन्धान गर्दै प्रहरी, बालिका बलात्कारको उजुरी

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)माथि प्रहरीले अनुसन्धान थालेको छ ।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको हो । परिसरका एसपी अपिलराज बोहराले उनीमाथि अनुसन्धान थालिएको पुष्टि गरे ।

उनले भने,‘‘एक युवतीको उजुरीका आधारमा हामीले अनुसन्धान थालेका छौँ । घटनाबारे बुझ्ने काम भइरहेको छ ।’’