Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यले बनायो नयाँ रेकर्डः आज तोलाको कति पुग्यो?

सुनको मूल्य तोलाको रू एक लाख ८७ हजार पुगेको छ । 

यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रू १ लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा रू दुई हजार सात सय बढेर रू एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रू एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रू १० बढेको हो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ ।