शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सुनिता डंगोल विश्वको युवा नेतामा छनोट

सुनिता डंगोल विश्वको युवा नेतामा छनोट

बैशाख ३, २०८२ बुधवार
बैशाख ३, २०८२ बुधवार
  • सुनिता डंगोल विश्वको युवा नेतामा छनोट

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन्। वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा छनोट हुन् हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्रै छनोट हुन्छन्।

    विश्वभरीबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवी, राजनीतिज्ञलगायतका विभिन्न विधामा ४० वर्ष मुनिका ११६ जना छनोटमा परेका हुन्। यस वर्ष दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्रै छनोट भएकी हुन्। राजनीति क्षेत्रबाट १९ जना छनोट हुँदा डंगोल पनि छनोटमा परेकी हुन्।

    डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन्। डंगोलले योङ ग्लोबल लिडरमा आफू छनोट भएपछि खुशी लागेको बताएकी छन्। ‘यसरी छनोट हुँदा गर्व लागेको छ,’ उनले भनिन्, ‘संसार भरको यो मञ्चमा समग्र नेपालको पनि प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रुपमा छनोट हुँदा थप खुशी लागेको छ।’

    उनले परिवर्तनका संवाहक युवा हुन भन्दै आफू स्वयं पनि युवामा विश्वास राख्ने भएकाले संसारभर नै सकारात्मक सन्देश दिने यो मञ्चमा आफू छनोट हुँदा त्यो समग्र युवाको प्रतिनिधित्व भएको आफूले महसुस गरेको बताइन। ‘यो छनोटले मलाई थप जिम्मेवारीवोध भएको महशुस गरेको छु,’ उनले भनेकी छन्, ‘आफू जुन भूमिकामा छु त्यहाँ रहेर अझ धेरै राम्रो गर्नका लागि प्रोत्साहन पनि मिलेको छ।’

    ‘मिस नेवा २०११’ की विजेता डंगोल लिपी क्वीनको समेत परिचय बनाएकी व्यक्ति हुन्। उनीसहितको टीमले स्थानीय लिपीको संरक्षणका लागि नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएर उपत्यका हुँदै जिल्ला र विदेशसम्म ‘क्यालिजात्रा’को पहुँच पुर्याएको थियो। उनलाई स्थानीय लिपीहरूको संरक्षणसँगै राजधानीको उपप्रमुख समेतको स्थानमा पुग्न सफल भएको भन्दै यस्मा छनोट गरेको हो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार