शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षकहरुको आन्दोलन जारी, विद्यार्थी भर्ना अभियान प्रभावित

शिक्षकहरुको आन्दोलन जारी, विद्यार्थी भर्ना अभियान प्रभावित

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • शिक्षकहरुको आन्दोलन जारी, विद्यार्थी भर्ना अभियान प्रभावित

    विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले मंगलबार पनि निरन्तरता दिएका छन् । चरणबद्ध रुपमा आन्दोलन अघि बढाइरहेका देशभरका शिक्षकहरु यतिबेला शैक्षिक हड्ताल घोषणा गरेर काठमाडौंका सडकमा छन् ।

    विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडोभन्दा चाँडो पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन २०८१ को चैत २० गतेदेखि जारी छ । 

    Photo (2) (2).jpg

    शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भई शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । शिक्षकहरुको आन्दोलनले सवारी आवागमन अस्तव्यस्त बनेको छ र सर्वसाधारणलाई सास्ती भएको छ ।

    Photo (9) (1).jpg

    शिक्षकहरु प्रस्तावित विधेयकमा गरिएका केही व्यवस्थाहरु खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् । मंगलबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको छ । 

    Photo (7) (1).jpg

    शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण आजदेखि देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो ।

    Photo (4) (3).jpg

    Photo (3) (2).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट