शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एनआईसी एशिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुआत, जित्नुहोस् आइफोन १६’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुआत, जित्नुहोस् आइफोन १६’ योजना सार्वजनिक

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • एनआईसी एशिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुआत, जित्नुहोस् आइफोन १६’ योजना सार्वजनिक

    एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्टसँगको सहकार्यमा आफ्ना ग्राहक महानुभावहरुका लागि आकर्षक योजना सहितको ‘नयाँ वर्षको नयाँ सुरुआत, जित्नुहोस् आइफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहक महानुभावहरुले आइफोन १६ जित्न सक्नुहुनेछ ।

    यस योजनामा सहभागी हुनका लागि ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप ९मोबैंक० मार्फत रु। १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहक महानुभावहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहक महानुभावलाई विजेता घोषणा गर्दै आइफोन १६ प्रदान गरिनेछ । यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

    नयाँ वर्ष २०८२ ले यहाँहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहक महानुभावहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार