Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १७ सय रुपैयाँ घटेको हो ।

आज मंगलबार सुन तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम कारोबार भैरहेको छ । चैत ३१ गते सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार पहिलो कारोबार हुँदा सुनको मूल्य १७०० रुपैयाँ घटेर कारोबार भइरहेको हो ।

महासंघका अनुसार एक वर्ष (२०८० चैत ३० देखि २०८१ चैत ३१) अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।