शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमालेले दमकको जनजागरण सभामा १२ लाख ६५ हजार खर्च

एमालेले दमकको जनजागरण सभामा १२ लाख ६५ हजार खर्च

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • एमालेले दमकको जनजागरण सभामा १२ लाख ६५ हजार खर्च

    सत्तारुढ नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।

    गणतन्त्र र संघीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएको बताए । ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो, यसको निरन्तरता अब पनि दिइने छ’, उनले भने ।

    उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रमस्थलमा आएका बताए । ‘एमाले सरकारमा छ र सरकारको पैसामा कार्यक्रम गर्‍यो भन्ने पनि सुनें, हामीले सरकारसँग एक रुपैंयाँ पनि लिएका छैनौं, हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठुला ठुला सभाहरू गर्न सक्छौं’, उनले भने ।

    राईले मञ्च र साउण्डका लागि ४ लाख रुपैंयाँ, स्वमसेवक परिचालनका लागि ३ लाख रुपैंयाँ, झण्डा, ब्यानर र पर्चाका लागि एक लाख रुपैयाँ खर्च भएको बताए । जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैंयाँ, प्रचार प्रसारका लागि एक लाख २० हजार रुपैंयाँ र विविध गरेर एक लाख रुपैंयाँ खर्च भएको उनले जानकारी दिए । स्वयम सेवकहरूले लगाएको टोपी भने एमाले सुनसरीले उपलब्ध गराएको उनले बताए । एमाले कोशीले शनिबार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष केपी शर्मा लगायतले सम्बोधन गरेका थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार