शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नयाँ वर्षमा नयाँ सरकार बन्छः प्रचण्ड

नयाँ वर्षमा नयाँ सरकार बन्छः प्रचण्ड

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • नयाँ वर्षमा नयाँ सरकार बन्छः प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार बन्ने दावी गरेका छन् । गृह जिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’ का आधारमा यो कुरा गरेको बताए ।

    अध्यक्ष प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ । नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’ उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गरे।यसअघि पनि अध्यक्ष प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने संकेत गरेका थिए ।

    उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताए । यद्यपि उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताए । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गरे ।

    यसबारे धेरै बोल्न नलगाउन आग्रह गर्दै प्रचण्डले भने, ‘पछिल्लो पटक घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभव सहित भनेको हो मैले । ‘केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार