Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

वर्षको अन्तिम दिन सुनको भाउ बढेर बनायो नयाँ कीर्तिमान, तोलाको कति पुग्यो?

नयाँ वर्ष ०८२ सालको पूर्व सन्धयामा नेपाली बजारमा सुनको भाउ बढेर नयाँ कीर्तिमान बनाएको छ । आज आइतबार स्थानीय बजारमा सुनको भाउ बढेर हालसम्मकै उच्च विन्दूमा पुगेको हो ।

यसअघि सर्वाधिक एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।