शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राष्ट्रिय झण्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेका छन्ः गगन थापा

राष्ट्रिय झण्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेका छन्ः गगन थापा

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • राष्ट्रिय झण्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेका छन्ः गगन थापा

    सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसको कार्यक्रममा राष्ट्रिय झण्डा पनि चार तारे झण्डा जत्तिकै बोकेर हिँड्नुपर्ने बताएका छन् । शनिबार धनकुटामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन् ।

    ‘अहिले हुँदाहुँदा पुरानो सुतिसकेको मान्छे आएर राष्ट्रिय झण्डा बोकेर आएको छ,’ गगनले भने, ‘मैले त भन्दिया छु, पार्टीको कार्यक्रममा जति कांग्रेसको झण्डा छ त्यति नै राष्ट्रिय झण्डा बोकेर हिँड्नुपर्छ अब ।’ राष्ट्रिय झण्डा पनि कांग्रेसकै कारण जीवित रहेको गगनले दाबी गरे। ‘झण्डा हाम्रो हो त्यो । अहिले आएर राष्ट्रवादी भन्या छ, मण्डले आएर हाम्रो हो भनेर बोकेर हिँड्या छ । हामीले बनाएको हो नि । कांग्रेस नभएको भए देशै नरहने स्थिति पनि हुन सक्थ्यो,’ गगनले भने ।

    पञ्चायतविरुद्ध सुवर्ण शमशेरको नेतृत्वमा कांग्रेसले चलाएको सशस्त्र क्रान्ति जित्ने अवस्था रहेका बेला भारत–चीन युद्ध सुरु भएपछि देशको खतरालाई हेरेर कांग्रेस ब्याक भएको पनि गगनले सम्झिए । ‘त्यति बेला बिपी कोइरालाले आफू जेल परेर भए पनि दूरदर्शिता नदेखाएको भए देश नरहन पनि सक्थ्यो,’ गगनले भने ।

    अहिले कांग्रेसविरुद्ध पनि ठुलो आक्रमण भइरहेको गगनले टिप्पणी गरे । उनले भने, ‘बाहिर बसेको मान्छेहरू आएका छन्, हामीलाई हिजोको मण्डलेलाई गरेको जस्तो व्यवहार गरेका छन् । एउटा आएको छ ठोक्दिएको छ । यसमा सबैले ध्यान दिनुपर्छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार