Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजेन्द्र लिङदेन पुगे पत्रकार सुरेश रजकको घर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पार्टी नेताहरुसहित चैत १५ गते काठमाडौंको तीनकुने घटनामा मारिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको घर पुगेका छन् ।

अध्यक्ष लिङदेन आज बागमती प्रदेशका सभामुख भुवन पाठक र राप्रपाका अन्य नेताहरुसहित पत्रकार रजकको घर ताहाचल पुगेर शोकाकुल परिवारलाई भेटेका हुन् ।

उक्त अवसरमा सुरेशको परिवारले उनलाई शहीद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक आयोग गठन गरिनुपर्नेलगायतका माग अध्यक्ष लिङदेन समक्ष राखेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष लिङदेनले आफूहरुले पार्टीको बैठकबाट औपचारिक निर्णय गरेको, संसद र सडकमा यो विषय उठाएको र निरन्तर उठाइरहने बताएका थिए ।