शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजावादीलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रोः प्रधानमन्त्री

राजावादीलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रोः प्रधानमन्त्री

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • राजावादीलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रोः प्रधानमन्त्री

    प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशमा तोडफोड, आगजनी, हत्या, हिंसा जस्ता कुराहरू स्वीकार गर्न नसकिने बताएका छन्। आज (शनिबार) झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको दृश्यको व्याख्या गर्दै यस्तो बताएका हुन् ।

    ‘जनतालाई भड्काएर आफ्नो दुनो सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरू, उल्किन कति सकेको ?,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौं भन्दा गाडीको हुटमाथि हात हल्लाउँदै हिँडेको सबै दृश्य देख्नुपर्‍यो । यी तमासाहरू यीनको तरिका के हो ? शैली के हो ?’

    शान्तिपूर्ण सभा गर्छौं भन्नेहरू आगजनी र चोरीको काममा लागेको भन्दै यो कस्तो खालको प्रदर्शन हो ? भन्दै प्रश्न गरे । ‘यी कस्ता तत्व हुन् भन्ने गत १५ गते देखियो । चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे,’ प्रधानमन्त्री ओलीले भने, ‘आगजनी गर्दै, अरुका पसल लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरेर भाग्दै गरेका, स्याउ चोरेर भाग्दै गरेका, औषधि कारखाना आगो लगाउँदै गरेका यस्ताले बनाउँछन् देश ?’

    यस्ता तत्वले राजा फर्काउने भन्दै हिँडेको उल्लेख गर्दै उक्त प्रदर्शनमा सहभागी भन्दा पशुपतिका बाँदर नै राम्रो भएको जिकिर गरे । ‘राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री मन्त्री बन्ने अरे,’ ओलीले भने, ‘तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ ।’ उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक काम भएको जिकिर गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट