शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एमालेले आज दमकमा एक लाख कार्यकर्ता उतार्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

एमालेले आज दमकमा एक लाख कार्यकर्ता उतार्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • एमालेले आज दमकमा एक लाख कार्यकर्ता उतार्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

    सत्तारुढ नेकपा एमालेले आज (शनिबार) झापामा कोशी प्रदेशस्तरको जागरण सभा गर्दैछ । सभालाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदैछन्। सरकार र नेकपा एमालेका विरुद्धमा चौतर्फी आक्रमण गर्ने योजना बनाइएकाले त्यसमा पार्टीका दृष्टिकोण प्रस्तुत गर्न सभा राखिएको एमालले जनाएको छ।राजतन्त्रवादीहरूले छरेका भ्रमको पछाडि नलाग्नका लागि जनतालाई जागरण गराउनका लागि सन्देश दिन पनि सभा गर्न लागिएको आयोजकले जनाएको छ।


    जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट उपस्थिति हुने नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले जानकारी दिए । जागरण सभाको पूर्वसन्ध्यमा शुक्रबार मोटरसाइकल र्‍याली निकालिएको थियो ।

    आज बिहानैदेखि तयारी तीव्र पारिएको नेकपा एमाले कोसी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए। अवाञ्छित शक्तिहरूले लोकतन्त्र, गणतन्त्र र संघीयता अराजक गतिविधि गर्न थालेपछि जागरण सभा गर्नुपरेको उनको भनाइ छ । सभाका क्रममा बिहान १० बजेदेखि कलाकार टोलीले सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ ।

    त्यसपछि पश्चिमतर्फ गोरखा डिपार्टमेन्ट स्टोरबाट र्‍यालीसहित कार्यक्रम स्थलमा जाने र पूर्वतर्फ पुल पारिबाट दमकको पशु बजारमा नेता कार्यकर्ता केन्द्रित हुने कार्यक्रम रहेको अध्यक्ष खतिवडाले बताए । प्रधानमन्त्री ओली दिउँसो १२ः३० बजे कार्यक्रम स्थलमा आइपुग्ने र कार्यक्रमको औपचारिक उद्घाटन गरिने उनले जानकारी दिए ।

    कार्यक्रम २ घण्टासम्म चल्ने आयोजकले जनाएको छ । खतिवडाका अनुसार, कार्यक्रममा नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले प्रदेशको अवस्थाबारे धारणा राखेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । जनजागरण सभामा एक लाख जना सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार