Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रविलाई छुटाउन पत्नी निकिता पौडेलको दौडधुप, थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा दिइन् निवेदन

सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

आज शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध रास्वपा सर्वोच्च पुगेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा छाडेको थियो ।