शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ऊर्जा राज्यमन्त्री तामाङले सचिवलाई सोधे २४ घण्टे स्पष्टीकरण

ऊर्जा राज्यमन्त्री तामाङले सचिवलाई सोधे २४ घण्टे स्पष्टीकरण

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • ऊर्जा राज्यमन्त्री तामाङले सचिवलाई सोधे २४ घण्टे स्पष्टीकरण

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । राज्यमन्त्री तामाङले सचिव आचार्यले पदीय आचरणअनुसार व्यवहार नगरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

    यही चैत २५ गते जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा (मन्त्री अनुपस्थित हुँदा) राज्यमन्त्री प्रमुख अतिथिको भूमिकामा रहेको बेला आसन ग्रहणका लागि मञ्चमा बोलाउँदा समेत नआएको तामाङले सोधेको स्पष्टीकरणमा उल्लेख छ । साथै राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने ‘तुच्छ अभिव्यक्ति’ दिएको पनि तामाङले जारी स्पष्टीकरणमा उल्लेख गरेका छन् ।


    राज्यमन्त्री तामाङले स्पष्टीकरण पत्रमा सोधेका छन्, ‘तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नु भएको हो ?’ विहीबार सोधिएको स्पष्टीकरणमा सचिव आचार्यको अव्यवस्थित र असंयमित व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्‍याएको जिकिर गरिएको छ ।

    विभागीय मन्त्री प्रमुख अतिथिको रूपमा उपस्थित हुँदा पदीय आचरण विपरीतको कार्य के कति कारणले गरेको भन्दै ‘निजामती सेवा २०५९ को दफा ५९ बमोजिमको सजाय किन नगर्नुपर्ने हो ?’ भनी राज्यमन्त्री तामाङले सचिवलाई सोधेका छन् । स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दिपक खड्का, मुख्य सचिवलाई दिइएको छ ।

    ur.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट