शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्वराजालाई सिटौलाको चेतावनीः चुप लागेर बस, त्यसमै तिम्रो भलाई हुन्छ

पूर्वराजालाई सिटौलाको चेतावनीः चुप लागेर बस, त्यसमै तिम्रो भलाई हुन्छ

चैत्र २८, २०८१ बिहिवार
चैत्र २८, २०८१ बिहिवार
  • पूर्वराजालाई सिटौलाको चेतावनीः चुप लागेर बस, त्यसमै तिम्रो भलाई हुन्छ

    सत्तारुढ नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिन चुनौती दिएका छन्। आज (बिहीबार) काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तनका लागि उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाइ हुने बताए ।

    उनले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह समेत गरे । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो हुने उनको भनाइ छ । उनले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ ? भन्दै प्रश्न समेत गरे ।

    उनले भने, ‘आज देशभरका युवाहरूलाई साक्षी राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप लागेर बस । त्यसैमा तिम्रो भलाइ छ, त्यसैमा तिम्रो कल्याण छ । मन छैन भने आउ राजनीतिमा गर्न पाउँछौँ । भारतमा ब्रिटिस साम्राज्य हुँदा राजैराजाहरू थिए । ती सबै राजाहरू आज राजनीतिमा आएका छन् । राजनीतिमा आउनुस् स्वागत छ । साँच्चै जनताको सेवा गर्न मन छ भने, साँच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् त जनतामा । आँट छ ? हामीले महाराजधिराजको सम्पत्ति राष्ट्रियकरण गर्‍यौं । त्यो गर्ने क्याबिनेटको अध्यक्ष पनि मै हुँ । पूर्वराजा ज्ञानेन्द्र निकै ठुला व्यापारी पनि हुन्, उद्योगपति हुन् । आँट छ सबै सम्पत्ति जनतालाई सुम्पिदिने ? म सोध्छु उहाँलाई ।’

    वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तीहरू सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ । उनले व्यवस्थाको चिन्ता नभइ अहिलेका युवाहरूले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्न समेत आग्रह गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार