शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौं: उपप्रधानमन्त्री सिंह

प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौं: उपप्रधानमन्त्री सिंह

चैत्र २८, २०८१ बिहिवार
चैत्र २८, २०८१ बिहिवार
  • प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौं: उपप्रधानमन्त्री सिंह

    उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताएका छन् ।

    अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले प्रचारबाजीका लागि मात्र नभइ जनताले महसुस गर्नेगरी काम गरेर देखाउने समय आएको बताए । ‘जे जति योजना हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी कामलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनु पर्छ’, उनले भने ।

    उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा रहेका मन्दिरको पुनःनिर्माण र जिर्णोद्वार गरिएको जानकारी दिए । धेरै सम्पदा रहेको बाग्मती नदी किनारमा ‘हेरिटेज वाक’को चर्चा भएपनि काम प्रभावकारी हुन नसकेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गरे ।

    हेरिटेज वाकदेखि करिडोरलाई व्यवस्थित गर्ने र नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिए । त्यसैगरी उनले नदीहरुको करिडोर निर्माण प्रभावकारी रूपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए । उनले भने, ‘हामीले गर्ने भनेको नदीहरुलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउने हो । त्यसका लागि योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन् ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट