शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ज्ञानेन्द्रलाई जति सफा गरेर धोए पनि राजा बनाउन सकिँदैनः गगन थापा

ज्ञानेन्द्रलाई जति सफा गरेर धोए पनि राजा बनाउन सकिँदैनः गगन थापा

चैत्र २८, २०८१ बिहिवार
चैत्र २८, २०८१ बिहिवार
  • ज्ञानेन्द्रलाई जति सफा गरेर धोए पनि राजा बनाउन सकिँदैनः गगन थापा

    सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति सफा गरेर धोएपनि संवैधानिक राजा बनाउन नसकिने बताएका छन् । कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बाधेन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

    उनले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेण्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरे । राजा कसैले जति सफा गरेर धोयो भने पनि संवैधानिक बनाउन नसक्ने महामन्त्री थापाले बताए ।

    महामन्त्री थापाले भने, ‘कांग्रेसले लामो अनुभवपछि यो निष्कर्षमा पुगेको हो । निर्मल निवासमा हुँदा त यस्तो उत्पात मच्यायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रो क्षेत्रमा बस्नुहुन्छ नवराज सुवेदी उहाँले त मलाई पनि भोट हाल्नुभयो होला जस्तो लाग्छ । सुतेर बसेको उहाँलाई, अस्तिसम्म राजालाई गाली गरेर, किताब लेख्दैथे अस्तिसम्म खोजेर ल्याएर, निर्मल निवासमा बस्दा त यस्तो छ अहिले नारायणहिटीमा भए के गर्थे होलान् ।’

    पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा हुँदा त देशमा उत्पात मच्याएको भन्दै यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन नसकिने महामन्त्री थापाको भनाई छ ।

    उनले यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम रहेको बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट