Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

फरार रहेका दुर्गा प्रसाईंले भिडियोबाटै भने- म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु

महर्जन र रजकको परिवारलाई पाँचरपाँच लाख दिने घोषणा

काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफु नभागेको तर, ‘जोगिएको’ बताएका छन् । 

सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश पोष्ट गर्दै उनले मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको सन्देश दिएका छन् । 

उनले भनेका छन्, ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु ।’ प्रसाईंले चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।