शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपाले भन्यो– आयोगको प्रतिवेदन लुकाएर शिक्षा ऐन निर्माणलाई पर धकेलियो

रास्वपाले भन्यो– आयोगको प्रतिवेदन लुकाएर शिक्षा ऐन निर्माणलाई पर धकेलियो

चैत्र २७, २०८१ बुधवार
चैत्र २७, २०८१ बुधवार
  • रास्वपाले भन्यो– आयोगको प्रतिवेदन लुकाएर शिक्षा ऐन निर्माणलाई पर धकेलियो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय शिक्षा विभागले शिक्षा ऐन नबन्नु लज्जास्पद विषय भएको बताएको छ । आज बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले संविधान बनेको लामो समयसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद भएको बताएको हो ।

    ‘संविधान बनेको यतिका वर्षसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद छ। सरकार आफैंले बनाएको उच्चस्तरीय शिक्षा आयोग, २०७५ को प्रतिवेदन लुकाएर पनि शिक्षा ऐन निर्माणलाई पर धकेल्ने कार्य भयो,’ विभाग प्रमुख एवं सहमहामन्त्री सुमना श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै रास्वपाले यसमा पार्टीको फरक मत नरहेको स्पष्ट पारेको छ । रास्वपाले पटक–पटक सदनमा पनि शिक्षकहरूको हकहितको कुरा उठाउँदै आएको भन्दै आफू सरकारमा हुँदा शिक्षकको हकहितका लागि काम गरेको पनि उनले दाबी गरिन् ।

    ‘सरकारमा हुँदा पनि विशेष शिक्षकहरूको हकहितको लागि नियमावली संशोधन गरेर अर्थ र कानुन मन्त्रालयमा पठाएकै हो । शिक्षकको पेन्सनपट्टा जिल्लास्तरबाटै बनाउनको लागि पनि अगाडि बढाएकै हो,’ उनले उल्लेख गरेकी छन्, ’शिक्षा विधेयक पेस हुँदै गर्दा पनि रास्वपाको धारणा सो विधेयक विधार्थी केन्द्रित नभएको र शिक्षाक्षेत्र पुनर्संरचनाको लागि उपयुक्त नभएको भन्ने नै थियो ।’

    हेर्नुस् विज्ञप्ती

    r(27).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार