Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

माइतीघरमा स्वास्थ्यकर्मीहरुको धर्ना

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले विभिन्न माग सहित धर्ना दिएको छ ।

Photo (20).jpg

आज बुधबार काठमाडौंको माइतीघरमा मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा दिने भनिएता पनि प्राइभेट मेडिकल कलेजहरुले नमानेको भन्दै स्वास्थ्यकर्मीहरुले धर्ना दिएका हुन् । 

Jyoti Das  .jpg

धर्नामा सहभागी डा.राजु चौधरीले न्यूनतम तलब ४८ हजार दिइने भनेर मन्त्रिपरिषद्बाट नै पास भइसकेको अवस्थामा पनि प्राइभेट मेडिकल कलेजहरुले नमानेको कारण सडकमा आउनुपरेको बताए । माग पूरा नभएसम्म सडकमा आउने उनले जानकारी दिए । 

Photo (1).jpg

उनले भने, ‘मन्त्रिपरिषद्बाट नै पास भइसकेको अर्थात न्यूनतम तलब ४८ हजार दिइसक्नुपर्ने थियो । त्यो अझैपनि कार्यान्वयमा आइसकेको छैन् । त्यसको विरोधमा यहाँ आएको छौं । जुन पत्रचार भइसकेको छ । प्राइभेट मेडिकल कलेजहरुले यो नमानेको अवस्था छ । हामी हाम्रो माग पूरा नभएसम्म सडकमा आइराख्छौं र हाम्रो माग पूरा गराएर नै छाड्छौं । उहाँहरुको नियत र नीतिप्रति हाम्रो असमर्थन छ । यो महंगीको जमानामा १९ हजार आठ सय तलबबाट गुजारा गर्न कठिन छ यो त बुझ्नु पर्यो ।’

Photo (13).jpg

प्रदर्शनकारीहरुले ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका छन् । 

Photo (23).jpg