शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण

रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण

चैत्र २७, २०८१ बुधवार
चैत्र २७, २०८१ बुधवार
  • रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । रास्वपाले लामिछानेको मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।

    आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि भन्दै आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

    सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

    लामिछानेलाई प्रहरीले पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट