शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

चैत्र २७, २०८१ बुधवार
चैत्र २७, २०८१ बुधवार
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडले कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चैत १९ गते संखुवासभा जिल्लाको पाँचखपन नगरपालिकाको सभा हलमा सो कार्यक्रम सम्पन्न गरेको हो । 

    उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको उपस्थितिमा सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने खादबारी शाखा प्रमुख दुर्गा प्रसाद गौतमले गरेका थिए ।  नगरपालिका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरू, सहकारी प्रतिनिधि तथा अगुवा कृषकहरू गरि ५३ जनाको उपस्थिती रहेको थियो । 

    उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बिमा प्रकृया, दावी समबन्धमा, साथै कृषि बिमाको नयाँ सफ्टवेयर र अभिकर्ता प्रविधिकको कृषि बिमा आवश्यक भूमिकाबारे महत्त्वपूर्ण जानकारी गराएको थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणीराम खतिवडाले प्रत्येक किसानलाई बिमासँग आबद्ध गराउनुपर्ने, साथै पालिकाले पनि आवश्यक सहजीकरण गर्दै लैजाने बताए । 

    संखुवासभामा निर्जीबन बिमाको अवस्था र आवश्यकता बारे बताउँदै कम्पनीका कोशी प्रदेश प्रमुख गौतमले बिमाको दायरा बढाई थप बिस्तार गरेर किसानको पहुँसम्म पुर्याउने काम भइरहेको जानकारी दिए ।  उपस्थित किसानहरूले बिमा आजको आवश्यकता रहेको र यस सचेतना कार्यक्रमले बिमासम्बन्धि प्रष्ट पारेको बताएका थिए । 

    त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको आयोजना र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं. १ को समन्वयमा  चैत्र १७ गते वडा नं. १ को कार्यालय श्यामशिलामा कृषि बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख  गौतमको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ्गको समेत उपस्थिति थियो ।  कार्यक्रम सञ्चालन भने भोजपुर शाखा प्रमुख सन्तोष तिवारीले गरेका थिए । कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कृषि विभाग प्रमुख उमेश ढकाल प्रमुख वक्ता रहेका थिए । 

    कार्यक्रममा बिमा कसरी गर्ने, कहाँ गर्ने, किने गर्नेसहितको विस्तृत जानकारी र दावीको समयमा क्षतिपूर्ति लिने आवश्यक प्रकृयाबारे जानकारी गराइएको थियो ।  वडा सदस्य, नगर कार्यपालिका सदस्य, कृषक तथा कर्मचारी गरी कुल ६५ सशभागी रहेको कार्यक्रममा बिमाका माध्यमबाट सूरक्षाको प्रत्याभूति दिलाउनका साथै नेपाल सरकारद्वारा जारी गरिएको सफ्टवेयर प्रणालीमार्फत बिमालेख जारी गर्ने प्रकृयाबारे समेत जानकारी गराइएको थियो ।

    कार्यक्रममा उपस्थित सहभागीहरूले नियमित रूपमा बिमा गर्न सके आर्थिक पक्ष सवल भई निर्वाहमुखी खेती प्रणालीबाट ब्यवसायिक बन्न सकिने धारणा राखेका थिए ।  यसैगरी, कृषि ज्ञान केन्द्र भोजपुर आयोजना र सगरमाथा लुम्बिनी इन्स्योरेन्स्को समन्वयमा चैत १८ गते कृषि ज्ञान केन्द्र भोजपुर को सभाहलमा कृषि बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    कृषि ज्ञान केन्द्र प्रमुख, मूकेश कूमार यादवको अध्यक्षतामा सञ्चालनमा भएको कार्यक्रममा भोजपूर – ६ का वडा अध्यक्ष फडिन्द्र प्रधानको उपस्थितिमा सञ्चालन गरिएको थियो ।  कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख गौतमसमेत उपस्थित थिए ।  यसैगरी, कार्यक्रममा कृषि ज्ञान केन्द्रका कर्मचारीहरू, भेटनरी अस्पताल, स्थानीय तह कृषि तथा पशु प्रविधिक अगूवा कृषक, पत्रकार लगायत अन्य सरोकारवाला निकायहरूबाट जम्मा ४० सहभागिहरूको उपस्थिती रहेको थियो । 

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छि तथा जडिबुटि बिमा तथा अन्य निर्जीवन बिमा, प्रचलनमा रहेका कृषि, पशुपन्छि तथा जडिबुटि बिमालेख, कृषि, पशुपन्छि तथा जडिबुटि बिमा कायम रहेको प्रिमियममा अनुदान, कृषि बिमाले रक्षावरण गर्ने तथा नगर्ने जोखिमहरू, बिमाको प्रकृया तथा दावी भुक्तानीमा आवश्यक पर्ने कागजात, नेपाल सरकारद्वारा जारी गरिएको सफ्टवेयर प्रणालीमार्फत बिमालेख जारी गर्ने प्रकृयाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार