शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमजी एस–५ बुटवल र भैरहवामा पनि सार्वजनिक, कति पर्छ मूल्य?

एमजी एस–५ बुटवल र भैरहवामा पनि सार्वजनिक, कति पर्छ मूल्य?

चैत्र २७, २०८१ बुधवार
चैत्र २७, २०८१ बुधवार
  • एमजी एस–५ बुटवल र भैरहवामा पनि सार्वजनिक, कति पर्छ मूल्य?

    एमजी मोटर्सको लोकप्रिय मोडल एमजी एस–५ बुटवल र भैरहवामा पनि सार्वजनिक भएको छ । हालैमात्र नेपाल भित्रिएको उत्कृष्ट मोडल एस–५ लाई बुटवल स्थिति वरुन मोटर्स प्रा.लि. र भैरहवा स्थिति थ्री एच.एल कम्पनी प्रा.लि.मार्फत सार्वजनिक गरिएको हो ।

    जसले यस क्षेत्रमा विद्युतीय गतिशीलताको नयाँ युगको शुरुवात गरेको कम्पनीले दाबी गरेको छ । लोकप्रिय एमजी एस–५ अत्याधुनिक प्रविधि, आकर्षण लुक्स र आधुनिक प्रविधिले सुसज्जित छ । गाडीको डिजाइनले प्रिमियम झल्काउ छ ।

    कम्पनीको ईभी एसयूभी मोडलमा पहिलो रिअर ह्वील ड्राइभ मोडलमा आएको उत्कृष्ट एस–५ ४३ लाख ९९ हजार रुपियाँमा नै सार्वजनिक भएको हो । ​एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट प्रालिले एमजी एस–५  दुई ब्याट्री अप्सन र तीन भेरियन्टमा बजारमा उतारेको छ ।

    ४९ किलोवाट  र ६२ किलोवाटमा उपलब्ध एमजी एस–५को टप भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपियाँ  तोकिएको छ । तथापि ४९ किलोवाटमै उपलब्ध दुई भेरियन्टमा फूल अप्सनको मूल्य कम्पनीले ५९ लाख ९९ हजार रुपियाँ तोकेको छ । समान सेग्मेन्टमा बजारमा उपलब्ध अन्य ईभीको मूल्यको तुलनामा यो मूल्य निकै आकर्ष हो ।

    एमजी एस–५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । गाडीमा ९९ किलोवाटको मोटर प्रदान गरिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार