Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधानमन्त्री आज अर्घाखाँची जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार अर्घाखाँची जाने भएका छन् । अर्घाखाँचीको ‘पाणिनी तपोभूमि सम्मेलन’ उद्घाटनका लागि त्यहाँ जान लागेका हुन् । 

उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्वसामु चिनाउन सम्मेलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने जानकारी दिए । सम्मेलन बिहीबार सम्पन्न हुनेछ । 

लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको सहकार्यमा सम्मेलन हुन लागेको हो ।