शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राप्रपाको सभास्थलबाट घुसपैठको आरोपमा केहि व्यक्ति नियन्त्रणमा

राप्रपाको सभास्थलबाट घुसपैठको आरोपमा केहि व्यक्ति नियन्त्रणमा

चैत्र २६, २०८१ मंगलवार
चैत्र २६, २०८१ मंगलवार
  • राप्रपाको सभास्थलबाट घुसपैठको आरोपमा केहि व्यक्ति नियन्त्रणमा

     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बल्खुमा जारी खबरदारी सभाबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज मंगलबार बल्खुमा राप्रपाको प्रदर्शनबाट घुसपैठ गरेको खोजेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

    राप्रपाले बल्खुमा हुने कार्यक्रम शान्तिपूर्ण गर्ने बताउँदै आएको छ । यस्तै घुसपैठ गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने समेत उनीहरूले प्रतिबद्धता जनाएका छन् । व्यवस्था र अवस्था बदलौं, भ्रष्टाचार र कुशासनविरूद्ध भन्दै राप्रपाले प्रदर्शन र सभा गरेको हो ।

    सभालाई राप्रपाका नेताहरूले सम्बोधन गरेका छन् । खबरदारी सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्नेछन् । राप्रपाले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजी लगायत एजेण्डामा अध्यक्ष लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको थियो ।

     जसअनुसार मंगलबार बागमती प्रदेशस्तरीय प्रदर्शन र सभा भएको हो । राप्रपाले वैशाख ७ गतेदेखि काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलन गर्ने बताएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट