Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

तीनकुने घटनाको आरोपमा थप ६ जना पक्राउ

काठमाडौं तीनकुनेमा भएको राजावादी प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन् ।

उनीहरु आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ती दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपिल राज बोहराले बताए। योसँगै राजावादी आन्दोलनका उत्रिएकाहरुको पक्राउ पर्ने संख्या ७३ पुगेको छ ।

यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणालगायत ६७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध राज्यविरुद्धको अपराधमा समेत अनुसन्धान अघि बढाइएको छ ।